भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोभिड–१९ का कूल १००९ सक्रिय केस रहेको बताएको छ । मन्त्रालयका अनुसार केरलामा यो रोगका सबैभन्दा बढी ४३० सक्रिय केसहरू छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ केसहरू रहेको पुष्टि भएको बीबीसी हिन्दीले गरेको छ ।
यसैगरी, गुजरातमा ८३, तमिलनाडुमामा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३ र पश्चिम बङ्गालमा १२ केस भेटिएका छन् । कोभिड १९ सङ्क्रमणका बढ्दो केसको विषयमा तत्काल खास चिन्ता लिननपर्ने कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुंडु रावले समाचार एजेन्सी पीटीआईसँग बताएका छन् ।
‘हो, हामीले दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका बढ्दो केसहरूको बारेमा सुनेका छौँ तर, त्यसमा पनि हल्का सङ्क्रमण भएको छ । भारतमा पनि कोभिड–१९ जस्ता केसहरू भेटिएका छन्, ती सबै सामान्य खालका छन्,’ उनले भनेका छन् । उनका अनुसार महाराष्ट्र र केही अन्य स्थानहरूमा केहीको मृत्यु भएको छ ।
तर, ती मृत्युलाई सिधै कोभिडसँग जोड्न नसकिने उनले बताएका छन् । ती केसहरूमा अन्य रोगहरू रहेको उनको भनाइ छ । मन्त्री रावले यो सङ्क्रमण देखिएको वर्तमान अवस्थामा सबै सतर्क र सावधान हुनुपर्ने बताए । ‘हामी यो सङ्क्रमणलाई नजिकबाट हेरिरहेका छौँ । केही स्वास्थ्यसम्बन्धी एडभाइजरीहरू पनि जारी गरेका छौँ,’ उनले भने ।
सत्यपाटी