सूचनाको शक्ति - The Power Of Information

        

ग्यास चुहिएर आगलागी हुँदा दाजु र बहिनीको मृत्यु

कपिलवस्तुको सुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास सिलिन्डरबाट खाना पकाउने क्रममा आगलागी हुँदा दाजु र बहिनीको मृत्यु भएको छ । घरमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर खराब भएपछि आगो लागेको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताए ।

घरनजिकै गोठमा आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको थियो ।

सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतक सोनम राष्ट्रिय उच्च मावि मुरफुटवा कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले सोमबार शोक बिदा गरेको छ । दुवैको शव भीम अस्पताल भैरहवामा राखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १०:०३