भारत र पाकिस्तानले एक अर्काका विमानका लागि हवाई क्षेत्रको प्रतिबन्ध कायमै राखेका छन् । यसले दुई छिमेकी देशबीचको कूटनीतिक तनाव अझै लामो हुने देखिन्छ ।
भारतको नागरिक उड्डयन मन्त्रालयले एक सूचनामार्फत पाकिस्तानमा दर्ता भएका विमानलाई २३ जुन सम्मका लागि भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।
यसमा पाकिस्तानबाट सञ्चालित, स्वामित्व वा भाडामा लिइएका सैनिक उडानसमेत छन् । उता पाकिस्तानको एयरपोर्ट प्राधिकरणले पनि भारतीय विमानलाई पाकिस्तानको हवाई क्षेत्रमा प्रतिबन्ध जारी राखेको छ ।
प्रतिबन्ध भारतमा दर्ता, सञ्चालित, स्वामित्व वा भाडामा लिइएका सबै विमानमा लागु हुनेछ । जसमा सैनिक विमान पनि पर्छन् । पाकिस्तानको प्रतिबन्ध २४ जुनको बिहान ४ः५९ बजेसम्म लागु रहनेछ । कश्मीर घटनापछि भारत र पाकिस्तानले हवाई प्रतिबन्ध घोषणा गएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं