२०८३ जेठ ३० , शनिबार 13, June 2026, Saturday

जुम्लाको तिलामा असिनापानीले स्याउ बगैँचामा क्षति

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८२ जेठ ११ गते आइतबार

असिनासहितको वर्षाले जुम्लाका स्याउ बगैँचामा क्षति पुर्याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो । विशेषगरी राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमी लगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।

झन्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भने, ‘पाकेको बाली असिनाले खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापर लगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।’ असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरधुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार