सूचनाको शक्ति - The Power Of Information

        

मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । जिपमा पाँच जना सवार थिए। मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रवीन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन् ।

उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जना गम्भीर छन्, उनलाई थप उपचारका लागि पोखरा पठाउने तयारी छ । चालकको अवस्था सामान्य छ । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतवार ०६:४४