नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्यका लागि आज (१० जेठ) देखि २५ जेठसम्म दैनिक बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिएको छ । आयोजनाले नागढुंगा–पिपलामोड सडकखण्डमा कालोपत्रे र निर्माण कार्यका लागि यो बन्द आवश्यक रहेको जनाएको छ ।
आयोजनाले साना र मझौला सवारीसाधनलाई धार्के–सीतापाइला सडक र ठुला सवारीसाधनलाई टोखा–छहरे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौंबाट जाने सवारीसाधनलाई नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनलाई खानीखोलामा रोकिने व्यवस्था गरिएको छ ।
आयोजनाले निर्माण कार्यलाई तीव्रता दिन र सडकको गुणस्तर सुधार गर्न यो कदम चालिएको बताएको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी असुविधा कम गर्न सहयोग पु¥याउन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार
सत्यपाटी