रूकुम पश्चिममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । बिहीबार राति मुसिकोट नगरपालिका–४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा रूकुमपूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले मर्मतका लागि बिहिबार राति १० बजेतिर पोलमा चढेका नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्कालाई करेन्ट लागेको जानकारी दिए ।
उनका अनुसार विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको पोलमै मृत्यु भएको हो । केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । रुकुम पश्चिम