सूचनाको शक्ति - The Power Of Information

        

दाङका क्रसर उद्योगमा सशस्त्रका एसपीको नजर

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समय एक वर्ष मात्रै बाँकी हुँदा उनका सहयोगीहरू संगठनलाई नै बद्नाम गर्न लागिपरेका छन् । आर्थिक रुपमा पारदर्शिता अपनाइरहेका आइजीपी अर्याललाई छलेर विभिन्न जिल्लाको कमाण्ड गर्न गएका एसपीहरु संगठनको बद्नाम गर्न लागेका हुन ।

पूर्वमहालेखा परीक्षकका छोरा तथा काठमाडौंका स्थायी बासिन्दा रहेका अर्यालको तेस्रो वर्षसम्म कुनै विवाद नआएको तर जिल्लामा रहेका एसपीहरूले तस्करीलाई प्राथमिकतामा राखेपछि सशस्त्र प्रहरी संगठनकै साखमा चुनौती थपिएको छ । कतिपयलाई उनले तानेर कारबाही गरेका छन् भने कतिपयले शक्ति आडमा संगठनको बद्नाम गराउन लागिपरेका छन् ।

संगठनको बद्नाम गर्नेमा दाङ जिल्लामा सशस्त्रका एसपी मनोज धिताल रहेका छन् । उनले गैरकानुनी धन्दा चलाएको विषयमा आइजी अर्यालको सचिवालयलाई पनि जानकारी रहँदा पनि उनलाई गुमराहमा राखिएको छ । केही दिनअघि तुलसीपुर बेशका डिएसपी नरेश खड्काले त्यहाँका ट्याक्टर व्यवसायीलाई धम्क्याएर एसपीलाई बुझाउन चन्दै आर्थिक लाभ लिएको स्रोतको दाबी छ ।

गिटी, बालुवाको तस्करीबाट महिनावारी असुल्दै डिएसपीले त्यसको लाइन एसपीलाई बुझाउनुपर्ने भएपछि लफडा भएको हो । तुलसीपुरको यो धन्दा पुरानै हो । त्यसबाट दाङमा रहेको सशस्त्र प्रहरीको गणका एसपी मनोज धितालले घुस लिदै आएको दाङकै सशस्त्र प्रहरीका एक अधिकृतले भने । ‘घुस लिनको लागि एसपी मनोज धितालले मातहतमा रहेको तुलसीपुर बेशका कमान्डरलाइ हैरानी दिएपछी यो लफडा भएको हो,’ स्रोतले भन्यो ।

जसरी पनि एसपीलाई मासिक बुझाउनु परेपछि ट्याक्टर व्यवसायी आजित भएका छ्न् । त्यहाँबाट मात्र होइन तुलसीपुर र घोराहीमा रहेको कारागार सुरक्षा बेशले समेत एसपीलाई मासिक बुझाउनुपर्ने हुन्छ । ती दुई बेशबाट मासिक २५–२५ हजारका दरले बुझाउनुपर्ने श्रोतको दाबी छ । त्यतिमात्र होइन, दाङको सीमा नाकामा रहेका कोइलाबास, सुनपत्थरी, भैसाही, खांग्रा लगायतका सबै बिओपीबाट समेत एसपी धितालले असुल्दै आएका छन् ।

‘मासिक नबुझाए छड्के निरीक्षण भन्दै दुःख दिन्छ्न्, त्यसबाट बच्न पनि बुझाउने गरेको छु, राती १२ बजे उठाएर सामेल गराउने गरेका छन्,’ एक कमान्डरले गुनासो गरे । जसका कारण सिमामा रहेका युनिटमा ६० प्रतिशतसम्म बिदा आउटमा छोड्ने गरिएको बताइन्छ । दाङका प्रायः सबै बिओपीमा सइले कमान्ड गर्छन्, जसका कारण मासिक रकम बुझाउन उनीहरू पेलानमा परेको श्रोतको दाबी छ ।

कारागार र तुलसीपुर तथा कोइलाबासमा रहेका डिएसपीले पनि एसपीलाई मासिक रकम बुझाउने गरेका छन् । दाङको कोइलाबास नाकाबाट मध्यरातमा गोरु तस्करी हुने गरेको छ । भारतीय गोरु नेपाल प्रवेश गराउन तस्करहरुले कोइलाबास नाकाको प्रयोग गर्ने गरेको पाइएको हो । खुल्ला सिमानाका कारण गोरु हिडाउँदै नेपाल प्रवेश गराउने र त्यस पश्चात नक्कली कागजपत्र तयार पारेर पूर्वी सिमाना झापाबाट बंगलादेश लग्ने गरिएको छ ।

गोरु तस्करी खुलेयाम हुने गरेको हो । नेपालमा घरायसी कृषि प्रयोजनको कागज बनाएर ओसारपसार हुने गोरु मासुका लागि बंगलादेश पुग्ने गरेको र यसमा सशस्त्र प्रहरीका एसपी धिताल आफै लाग्ने गरेको स्रोतको दावी छ । भारतसँग सीमा जोडिएका दाङका २६ मध्ये २५ नाका सडक सञ्जालसँग नजोडिँदा सञ्चालनमा छैनन् । तस्करले अहिले यसैको फाइदा उठाइरहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार ०९:३२