वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीमा सात जना छन् ।
विभागका अनुसार यसपटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही नेपाल आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ । मौसम अनुकूल भएसँगै गत आइतबार एकैदिन १३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं