२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

लुक्ला उडेको समिट एयरको जहाज बीचबाटै काठमाडौं फर्कियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ ५ गते सोमबार

काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको जहाज काठमाडौंमै फर्किएको छ । आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा एउटा इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । स्रोतका अनुसार जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार