२०८२ जेठ ५ गते सोमवार, १९ मे २०२५ । ज्येष्ठ कृष्णपक्ष सप्तमी तिथि । श्रवण नक्षत्र, १६ः११ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरुषार्थी काम सम्पन्न गर्ने समय छ । प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । कामले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । पेसा तथा व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ । लक्ष्यअनुसारको उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हाँसखेल र मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । आफन्तको सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ । व्यवसायको सन्दर्भमा यात्रा हुनेछ । काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ । दिगो काम थाल्ने समय छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । पेसा–व्यवसायमा पनि राम्रै लाभ उठाउन सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम सम्पादन हुनेछ । आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ । पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ । खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ । तापनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले काम बन्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ । समय लागे पनि यात्राको साइत जुर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आफ्नो मिहिनेतबाट अरूले फाइदा लिन सक्छन्, सजग रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ । समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं