चीन जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग कोदारी राजमार्ग भास्सिएर ठप्प भएको तातोपानी नाका हिजोदेखि सञ्चालनमा आएको छ । बाह्रबिसे–तातोपानी सडक खण्डको कोप्लाङ खण्डमा भास्सिएको सडक पुनर्निर्माण गरेपछि गाडी चल्न थालेका छन् ।
तर रातिको वर्षाले फेरि पहिरो खसेपछि ठूला गाडी सञ्चालनमा समस्या रहेको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । प्रहरीका अनुसार बाटो मर्मतको काम भइरहेको छ । दुई हप्ताअघिको वर्षाले सडक भासिएपछि नाका बन्द गरेर सडक पुनर्निर्माण भएको थियो ।
पुनर्निर्माणको काम सकेर हिजोदेखि गाडी सञ्चालन हुन थालेलगत्तै फेरि रातिको वर्षाले पहिरो खसेको हो । दुई हप्तादेखि रोकिएका केही गाडी गन्तव्यतर्फ लागेको र राति खसेको पहिरो पन्छाएर अरु गाडीलाई पनि गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । तातोपानी