सूचनाको शक्ति - The Power Of Information

        

पूर्वसैनिकले गरे छोरी र भतिजको हत्या

चितवनमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको विभित्स हत्या गरेका छन् । भरतपुर महानगरपालिका–२५ शुक्रनगरका ४२ वर्षीय लिलाराज गिरीले करिब १० बजेतिर दाजुको छोरा ५ वर्षका साजन र आफ्नी छोरी ७ वर्षकी प्रभालाई धारिलो हतियार (खुर्पा) प्रहार गरेर हत्या गरेका हुन् ।

खुुर्पा प्रहारबाट गम्भीर घाइते भएका साजन र प्रभाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार भूपू आर्मी समेत रहेका गिरीको मानसिक अवस्था ठीक नभएको पाइएको छ ।

छोराछोरीको हत्यापछि लिलाराजले आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार १२:५६