२०८२ पुस ३० , बुधबार 14, January 2026, Wednesday

अमेरिकी डलर स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ वैशाख ३० गते मंगलबार

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरसहितका केही मुद्राको विनियमदर स्थिर रहँदा बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ । तर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको छ । यी मुद्राको विनियमदर हिजो बढेको थियो ।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ । विगत तीन दिनदेखि अमेरिकी डलरको विनियमदर यही मूल्यमा हुँदै आएको छ । गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा छ । हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रुपैयाँ १५ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ १३ पैसा छ ।

हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रुपैयाँ २६ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा छ । विगत दुई दिनसम्म एउटै मूल्मा स्थिर रहेको बहराइन दिनारको विनियमदर आज थोरै बढेको हो । हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 151.27 151.94
gbp (UK Pound Sterling)
1 179.40 180.19
chf (Swiss Franc)
1 161.37 162.08
aud (Australian Dollar)
1 87.13 87.51
cad (Canadian Dollar)
1 97.50 97.93
sgd (Singapore Dollar)
1 104.32 104.78
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 18.92 19.00
sar (Saudi Arabian Riyal)
1 36.34 36.50
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.11 37.27
myr (Malaysian Ringgit)
1 31.72 31.86
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 13.89 13.95
dkk (Danish Kroner)
1 20.28 20.37
hkd (Hong Kong Dollar)
1 17.49 17.57
kwd (Kuwaity Dinar)
1 443.18 445.13
bhd (Bahrain Dinar)
1 361.54 363.13
omr (Omani Rial)
1 354.05 355.61
प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार