भारत र पाकिस्तान एक अर्काविरूद्ध आक्रमण रोक्न सहमत भएका छन् । शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ’युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भिडिओ सन्देशमा भनेका छन् ।
उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देश ’युद्धविराम’का लागि सहमत भएको भन्दै बधाइ दिएका छन् ।
शनिबार बिहान अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री र सेना प्रमुखसँग टेलिफोन संवाद गरेका थिए । भारत–पाकिस्तानबीच बुधारदेखि आक्रमण–प्रत्याक्रमण सुरू भएको थियो । शुक्रबार रातिदेखि दुई देशले एक–अर्काका सैन्य अड्डा र हवाई क्षेत्रमा लक्ष्य गरेर आक्रमण गर्न थालेका थिए ।
आणविक हतियार प्राप्त दुई देश युद्धमा जाने खतरा बढेपछि अमेरिकाले मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो । अप्रिलमा भारतको पहलगाममा आतंकवादी हमला भएपछि दुई देशबीच तनाव बढेको हो । हमलामा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं