सूचनाको शक्ति - The Power Of Information

        

उद्योग विभागमा उपसचिवको रजगज

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक रुपमा गुणस्तरहीन उत्पादन बिक्री वितरणदेखि कालोबजारी गर्ने, तौलमा ठगी गर्नेहरुबिरुद्ध एकपछि अर्को कारबाहीलाई तीव्रता दिएको छ । त्यसैगरी, वाणिज्य विभागले करिब १०० को हाराहारीमा छालाम्बन्धी रोगको औषधि बिक्री केन्द्रमा अनुगमन गरी ब्यापक छानबिन गरिरहेको छ ।

छालारोग बिशेषज्ञ डा.अनिलकुमार झाको स्कीन अस्पतालमा रहेको फार्मेसीदेखि काठमाडौं उपत्यकाका छालासम्बन्धी औषधि बिक्री गर्ने पसलहरुको अनुगमन गरी कागाजत नियन्त्रणमा लिएको छ । बिगतमा खाद्यान्नको कारोबार गर्ने किराना पसलहरुमा सीमित रहँदै आएको वाणिज्य विभागले जनस्वास्थ्यसँग सम्बन्धित अरबौंको कारोबार गर्ने औषधिदेखि सूर्तीजन्य पदार्थको अनुगमन सुरु गरेको छ ।

श्रीराम टोबाको कम्पनीले कम तौलका गुट्खा बिक्री गरेको भेटिएपछि विभागले ललितपुरको सानोपामा रहेको पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिमा छापा हानेको थियो । श्रीराम टोबाको कम्पनी बुटवलमा उत्पादित गुट्खाको आधिकारिक डिलर पशुपतिनाथ इन्टरनेशनल विजनेश प्रालिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेगरी चार जिल्लाको डिलर सिपको जिम्मा पाएको छ ।

पशुपतिनाथ इन्टरनेशनलमा छापा मारेपछि श्रीराम टोबाकोदेखि करेन्ट चाउचाउ उत्पादक यशोदा फ्ुड्स कम्पनीका संचालकसमेत रहेका कमलकिशोर मालपानी वाणिज्य विभागको कारबाही निस्तेज पार्न सक्रिय भएका छन् । वाणिज्य विभागले श्रीराम टोबाकोका संचालक मालपानीलाई बयानका लागि बोलाउँदा उनले मालपानीले वाणिज्य विभागका डिजीकै सरुवा गराइदिने भन्न थालेका छन् ।

यसैबीच, उद्योग विभागका महानिर्देशकमा राजेश्वर ज्ञवाली आएपछि विभागको सुधारका लागि अहोरात्र लागिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सुधारकै लागि घचघच्याइरहेका छन् । तर विभागका दुई निर्देशक सोम गौतम र शान्ता मरासिनी भने कमाउधन्दामा लिप्त हुँदा सुधारको गति अवरुद्ध छ । विभागको आकर्षक मानिने ट्रेडमार्क शाखाको क र ख का निर्देशकद्वय गौतम र मरासिनीले सेवाग्राहीसँग दररेट तोकेर नजराना माग्ने गरेका छन् ।

एक बर्षभन्दा लामो समयदेखि सोही शाखाको जिम्मेवारीमा रहेका मरासिनी र गौतमले ट्रेडमार्कको दर्ताको जानकारीपत्र दिंदा होस् वा प्रमाणपत्र दिंदा होस्, घुसविना नगरेको मौखिक उजुरी मन्त्री भण्डारीकोमा पुगेको छ । तर भण्डारीले उनीहरुको यस्तो हर्कतका बारेमा चासो राखे पनि स्वकीय सचिव आनन्द भट्टले संरक्षण गरेका छन् । भट्टकै कारण उनीहरु उक्त शाखामा टिकिरहन सफल छन् ।

भट्टले निर्देशकद्वयबाट मासिक रुपमा लाभ लिने गरेको आरोप छ । निर्देशकद्वय मातहतका कर्मचारीहरु प्रायः सबैको शाखा परिवर्तन भइसकेको छ । तर गौतम र मरासिनी भने एक बर्ष बितिसक्दा पनि त्यहीँ टिक्न सफल हुनुलाई आश्चर्यको रुपमा हेरिएको छ । मरासिनीलाई त केही महिनाअघि उद्योग मन्त्रालयले सरुवा गरे पनि उनले उद्योग सचिव कृष्णबहादुर राउतलाई हारगुहार गरी टिक्न सफल भएकी हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार ०८:३८

लोकप्रिय