गर्मीमा दिनभर चर्को, कठोर र पोल्ने गर्मीमा घुमिरहँदा छाला पोल्छ । टेनिङ र सनबर्न त हुन्छ नै छाला फुस्रो, सुख्खा, नीरस देखिनेछ । शरीरको कपडाले नछोपिने भाग घामले डढ्छ । त्यसैले यस्तो समस्याबाट बच्न बाहिर जानु अघि घामका किरण सिधै पर्ने शरीरको हिस्सामा सनस्क्रिन लोसन अवश्य लगाउनुपर्छ ।
आज पनि केही मानिस गर्मीमा सनस्क्रिन लोसन लगाउन मान्दैनन् । तपाई त यो गल्ती गर्नु हुन्न नि ? सनस्क्रिनको गुणस्तर र मात्रा सही छ भने घाममा पनि छाला चम्किलो रहनेछ । आजको यस लेखमा हामी गर्मीमा कति र कहिले एफपीएफ लोसन लगाउने भन्ने कुरा गर्नेछौँ ।
घरबाट निस्कनुअघि सनस्क्रिन लोसन लगाउनुपर्छ । आवश्यकता अनुसार दिनमा दुई वा तीन पटक यसलाई लगाउन सकिन्छ । चर्को घाममा बाहिर निस्केको दुई घण्टाभित्र छाला सुख्खा हुन्छ । हरेक दुईदेखि तीन घण्टाको अन्तरालमा दैनिक सनस्क्रिन लोसन लगाउनुहोस् ।
बजारमा अहिले धेरै प्रकारका एसपीएफ उपलब्ध छन् । छाला बढी संवेदनशील छ भने, आफ्नो लागि कुनै क्रिम छनौट गर्नु अघि विशेषज्ञबाट जाँच गराउनुहोस् । गर्मीमा तपाईँले पानी वा जेलमा आधारित सनस्क्रिन प्रयोग गर्नुपर्छ, जसमा कम्तीमा ३० वा सोभन्दा बढी एसपीएफ हुन्छ ।
एसपीएफले सूर्यबाट आउने हानिकारक पराबैंजनी किरणहरूबाट छालालाई जोगाउने काम गर्छ । घाममा धेरै कसरत गर्नेहरूले एफपीएफ ५० भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घरबाट बाहिर निस्कँदा त्यसको २० मिनेट अगाडि सनस्क्रिन लोसन लगाइसक्नु पर्छ ।
– यसले हानिकारक किरणहरूलाई छालामा आक्रमण गर्नबाट रोक्छ । एसपीएफले सुरक्षात्मक तहको रूपमा काम गर्छ, जसले कडा घाममा पनि छालालाई सुरक्षित राख्छ । यो लगाउनाले छाला सुख्खा हुँदैन । टेनिङ, सनबर्न आदिबाट राहत मिल्छ । गर्मीमा पनि छालाको रंग सफा रहनेछ ।
– अनुहारमा मात्र नभई प्रत्यक्ष घाम पर्ने शरीरको प्रत्येक खुला भागमा सनस्क्रिन लगाउनुहोस् । यसलाई अनुहार, घाँटी, घाँटी, हात, कान र खुट्टामा पनि लगाउन सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं