विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्मचारीहरुका मुद्दा सम्बोधन नगरी शिक्षकले आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले आन्दोलन वैशाख २१ देखि सञ्चालन हुने जानकारी दिए ।
२१ गते कक्षा १२ को परीक्षमामा कालोपट्टी बाँधेर काम गर्ने उनको भनाई छ । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई नेपाल शिक्षक महासंघले अलपत्र पारेको परिषद्को आरोप छ । सरकार र शिक्षक महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएपछि शिक्षकहरु आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका छन् ।
शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि विद्यालय कर्मचारी तथा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा थिए । तर, सरकारसँग सहमति भएसँगै शिक्षकहरु विद्यालय फर्किएका छन् भने विद्यालय कर्मचारीहरुले आन्दोलन जारी राख्ने बताएका छन् । परिषदले अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं