सूचनाको शक्ति - The Power Of Information

        

ओडिसाको केआइआइटी विश्वविद्यालयको होस्टेलमा अर्का नेपाली छात्रा मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अर्का एक नेपाली छात्रा मृत भेटिएकी छन् । बिहीबार नेपाली विद्यार्थी कलेजको होस्टेलमा मृत फेला परेकी हुन् ।

केआइआइटीमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा शाह मृत अवस्थामा फेला परेकी हुन् । घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । गत फागुन ४ मा केआइआइटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ०५:५५

लोकप्रिय