सूचनाको शक्ति - The Power Of Information

        

आज कस्तो होला तपाईंको ग्रहदशा ? हेर्नुस् राशिफल

२०८२ वैशाख १९ गते शुक्रवार, २ मे २०२५ । वैशाख शुक्लपक्ष पञ्चमी तिथि, १४ः५१ बजेपछि षष्ठी । आद्र्रा नक्षत्र । चन्द्रराशि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतको प्रतिफल प्राप्त हुने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ । मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई प्रभावित पार्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम सम्पादन हुनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले अलि पछि परिनेछ । पछिल्लो समयका लागि केही वस्तु त्याग्नुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । तर आजको लाभांश सञ्चय नहुन सक्छ । केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहिरिन सक्छ । आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो व्यवसायबाट विशेष फाइदा लिन सकिनेछ । विशेष भेटघाटले थप उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष जिम्मेवारी प्राप्त हुनेछ । सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ । भेटघाटले काम गर्ने अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ । अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ । आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ । थन्किएका वस्तुको उपयोग हुनेछ । समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

छोटो समयमा मनग्य फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको समस्याले केही उल्झन निम्त्याउन सक्छ । खर्झ बढ्नेछ । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । विवाद तथा मुद्दाहरूमा अघि नसर्नुहोला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार ०५:५१

लोकप्रिय