कोलकाताको एउटा होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माले शहरको सबैभन्दा व्यस्त बुर्राबजार क्षेत्रको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले जनाएको छ ।
केही समयअघि पत्रकारहरूसँग कुरा गर्दै उनले आगलागीको कारण पत्ता लगाउन टोली गठन गरिएको बताएका थिए । पहिलो नजरमा आगो बिजुलीको मिटर नजिकै लागेको देखिन्छ । आगो नियन्त्रणमा ल्याइएको छ । दमकल र उद्धारकर्मीहरूले करिब एक दर्जन मानिसहरूलाई बाहिर निकालेका छन् । यो क्षेत्र शहरको सबैभन्दा ठूलो फलफूल बजारको बीचमा पर्छ ।
प्रहरी आयुक्तले मंगलबार राति ८ः१५ बजे मछुवा क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी भएको बताए । आगो नियन्त्रणमा ल्याइएको छ । उद्धार कार्य सम्पन्न भएको छ । समाचार एजेन्सी पीटीआइका अनुसार प्रत्यक्षदर्शीहरूले आगोबाट बच्न धेरै मानिसहरू झ्यालबाट भाग्न खोजिरहेको देखेको बताएका छन् । चौथो तलाबाट हाम फाल्ने प्रयास गर्दा दुई जना घाइते भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कोलकाता