देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आजबाट वर्षा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि फैलिएको छ । पूर्वबाट सुरु भएको वर्षा फैलिएर पश्चिम नेपालको सुदूरपश्चिमसम्म पुगेको हो ।
काठमाडौंमा पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबारभन्दा काठमाडौंमा आज धेरै वर्षा हुने विभागको भनाइ छ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसका कारण वर्षा भइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं