२०८२ वैशाख १७ गते बुधवार, ३० अप्रिल २०२५ । वैशाख शुक्लपक्ष तृतीया तिथि, १८ः२८ बजेपछि चतुर्थी । रोहिणी नक्षत्र । चन्द्रराशि वृष ।
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । रमाइलो यात्रा हुनेछ ।
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।
आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । केही पाउन अर्काे वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा फाइदा भइरहनेछ । अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ, सजग रहनुहोला ।
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धन लाभ हुनेछ । व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । पेसा–व्यवसायमा आम्दानी बढ्नाले धन सञ्चय हुनेछ ।
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ ।
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम रोकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।
परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । व्यापार बढ्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । योजनाअनुसार समयमै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक कारोबारमा फाइदा हुनेछ । आस मारेको नतिजा समेत सकारात्मक हुनेछ । रोकिएको काम पुनः प्रारम्भ हुनेछ ।
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं