जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको जनाइएको छ ।
राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका शिक्षक लालबहादुर खत्रीका अनुसार ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । राउटे समुदायका मानिसहरू विरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् ।
‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ विरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता विरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौं । तर उहाँको राति नै मृत्यु भयो ।’ मुखिया चुनिएका सूर्यनारायण रास्कोटी शाही थरका हुन् ।
‘मुखिया अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमबारसम्म अवस्था हेरौं नभएर मंगलबार उपचारका लागि वीरेन्द्रनगर जाउँला भन्नुभएको थियो । राति ९ बजेतिर उहाँको मृत्यु भइसक्यो ।’ जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका तीन जना मुखिया हुन्छन् ।
सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए । राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । सूर्यनारायण एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब नेपालमा राउटेको संख्या घटेर १३५ भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत