बर्दियाको गुलरिया नगरपालिका–८ मा रहेको सर्जु मतङ्गा सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका वडा ६ गुप्तीपुर बस्ने टोपबहादुर खड्काकी छोरी ९ वर्षीया मेलिना खड्को मृत्यु भएको हो ।
आफ्नै अङ्कलको घरमा पाहुना खान आएको समयमा अन्टी आकृती खड्कासँग सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा बिहान साढे आठ बजे मेलिनालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्नसाथ उनको उद्दार गरी बर्दिया अस्पताल पुर्याइएको थियो ।
बर्दिया अस्पतालमा ९ः१० मा चिकित्सकले मृत घोषणा गरेका थिए । मृत बालिकाको शवको पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण डाँगीले बताए । पछिल्लो समयमा बर्दिया जिल्लाको सदरमुकाममा चितुवाको आतङ्क बढ्दै गएको छ ।
प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार
सत्यपाटी