[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
२६ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आन्दोलनलाई थप चर्को पार्ने भएका छन् । शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरीसँग झडपपछि शिक्षकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आइतबार राज्यले शिक्षकहरूमाथि अत्याचार गरेको भन्दै त्यसको प्रतिकार गर्ने बताएको छ । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारी माथि भएको क्रूर दमनको विरोधमा उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।
उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक–कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक–कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं