धार्मिक दृष्टिले, शंखलाई शुभता र सकारात्मकताको प्रतीक मानिन्छ । शंखको ध्वनि “ॐ” नादसँग मेल खाने भएकाले यसलाई ब्रह्माण्डीय ध्वनि पनि भनिन्छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार भगवान विष्णु र देवी लक्ष्मी शंखलाई प्रिय मान्दछन् ।
पूजा वा आरतीको बेला शंख बजाउँदा देवता प्रसन्न हुने, वातावरण शुद्ध हुने र नकारात्मक शक्ति हट्ने विश्वास गरिन्छ । महाभारतमा युद्ध सुरु गर्नु अघि पाण्डव र श्रीकृष्णले शंख बजाएको उल्लेख छ, जसले विजयको संकेत दिन्थ्यो ।
शंखलाई हिन्दू धर्मसँग जोडेर हेरिन्छ तर शंखको परिचय त्यतिमै मात्र सीमित छैन । यसको वैज्ञानिक महत्व पनि छ । यसको प्रयोगबाट स्वास्थ्य सम्बन्धी थुप्रै फाइदा समेत हुन सक्छन् । आयुर्वेदले पनि शंखलाई लाभदायक मानेको छ । शंख हाम्रा लागि कति फाइदाजनक छ र ती फाइदा के के हुन् जानौँ,
शुभता र सकारात्मक ऊर्जा – हिन्दू धर्मशास्त्र अनुसार शंख ध्वनि ब्रह्माण्डको आदि नाद अर्थात् ‘ॐ’ सँग मेल खाने हुन्छ । यो ध्वनि बज्दा वातावरणमा सकारात्मक ऊर्जा फैलिन्छ र नकारात्मक शक्तिहरू दूर हुन्छन् ।
देवताको आह्वान – शंख बजाउँदा देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ । विशेषगरी विष्णु र लक्ष्मीका प्रिय वस्तुमा शंख पर्छ ।
शुद्धीकरणको प्रतीक – पूजा सुरु गर्नु अगाडि शंख बजाउनुले वातावरणको शुद्धीकरण गर्छ भन्ने विश्वास गरिन्छ । यसले दुष्ट आत्मा वा नकारात्मक शक्ति टाढा भाग्छन् ।
धार्मिक ग्रन्थमा उल्लेख – महाभारतमा पाण्डवहरूले युद्ध सुरु गर्नुअघि शंख बजाएका थिए । भगवान श्रीकृष्णले पनि ‘पाञ्चजन्य’ नामक शंख बजाउनु भएको उल्लेख छ ।
ध्वनी तरंगको प्रभाव – शंखबाट निस्कने ध्वनी एक प्रकारको अल्ट्रासोनिक फ्रिक्वेन्सी ९२०००–३०००० हर्जको हुन्छ, जसले वातावरणमा रहेका कीटाणुहरू नष्ट गर्ने वैज्ञानिक दावीहरू छन् ।
श्वासप्रश्वास सुधार – शंख फुक्दा फोक्सोका मांसपेशी सक्रिय हुन्छन्, जसले श्वासप्रश्वास प्रणाली बलियो बनाउँछ । यो अभ्यास योगको ‘प्राणायाम’ जस्तै मानिन्छ ।
मस्तिष्कमा सकारात्मक प्रभाव – शंख बजाउँदा उत्पन्न हुने कम्पनले मस्तिष्कमा सुखद अनुभूति र ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ ।
मनोकामना र मानसिक स्वास्थ्य – नियमित शंख बजाउँदा तनावरहित महसुस हुन्छ, चिन्ता घट्छ र मानसिक सन्तुलन कायम रहन्छ । यसको अतिरिक्त अरु पनि फाइदाहरू लिन सक्नुहुनेछ । आफैंले अनुसन्धान गरेर हेर्नुहोस् धेरै धेरै फाइदाहरु पाउन सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं