सशस्त्र प्रहरीका ११ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा गरेका हुन् । पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालयमा उद्धव बहादुर न्यौपानेलाई सरुवा गरिएको छ ।
सशस्त्रको मुख्यालय स्थित एपिएफ इन्टेलिजेन्स ब्यूरोमा राजेन्द्र खड्का, युएन मिशन तालिम शिक्षालय ककनीमा किरण ढुंगाना र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा भरत खनियाँलाई पठाइएको छ । प्रबन्ध महाशाखामा किरण घिमिरे आएका छन् । मनाङ्गस्थित पर्वतिय उद्दार तालिम शिक्षालयमा जहरसिंह बुढा मगरलाई सरुवा गरिएको छ ।
यसैबीच, नेपाल प्रहरीका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको वैशाख १० गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गरिएको हो । बढुवा गरिएका प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको बिहीबार पदस्थापन गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं