सूचनाको शक्ति - The Power Of Information

        

कसले खानै हुन्न फर्सीका बियाँ ?

फर्सीको बीउ शरीरका लागि धेरै राम्रो हुन्छ । यसका धेरै फाइदाहरू पनि छन् । तर यो सेवनका केही असरहरू समेत छन् । खासगरी यसको सेवन कसले गर्ने कसले नगर्ने त्यसमा ध्यान दिनुपर्छ ।

फर्सीको बियाँको अत्यधिक सेवनले फाइदाभन्दा बढी हानी पुर्याउन सक्छ । के तपाईँलाई थाहा छ, फर्सीको बियाँ जिंक, म्याग्नेसियम, फस्फोरस, तामा, नियासिन, ट्रिप्टोफान र प्रोटिनको राम्रो स्रोत हो ।

त्यसैले यसको सेवनका कैयौँ फाइदा छन् । तर कसैलाई अपच वा एलर्जी छ भने डाक्टरको परामर्शविना यसका बियाँहरू खानु हुँदैन । आज हामी क–कसले फर्सीको बियाँ खानु हुँदैन भनेर कुराकानी गर्नेछौँ ।

मोटोपनसँग संघर्ष गरिरहेका व्यक्तिहरू

मोटोपनबाट पीडित हुनुहुन्छ वा तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने तपाईंले फर्सीको बियाँ सीमित मात्रामा खानुपर्छ । फर्सीको बियाँ सेवनका कैयौँ स्वास्थ्यलाभहरू छन् । यसले तौल घटाउन पनि मद्दत गर्दछ ।

तर सही मात्रामा यसको सेवन गर्न सकियो भने मात्रै यो लाभ मिल्छ । यसको अत्यधिक सेवनले उल्टै तौल बढ्न सक्छ । फर्सीका बियाँमा क्यालोरीहरू उच्च हुन्छ । अर्थात् थोरै मात्र बियाँ खाँदा पनि शरीरले धेरै क्यालोरीहरू प्राप्त गर्न सक्छ । त्यसैले सावधान रहनु महत्त्वपूर्ण छ ।

पाचन समस्याबाट पीडित व्यक्तिहरू

पाचन कमजोर छ वा तपाईँलाई पाचनसम्बन्धी कुनै समस्या भइरहेको छ भने डाक्टरसँग परामर्श नगरी फर्सीको बियाँको सेवन नगर्नुहोस् । यसमा फाइबरको मात्रा धेरै हुन्छ । धेरै खाँदा पेट फुल्ने र अपच, पेट दुख्ने वा पेट फुल्ने समस्या हुन सक्छ ।

कुनै प्रकारको एलर्जीबाट पीडित व्यक्तिहरू

तपाईँलाई कुनै पनि प्रकारको एलर्जी छ भने डाक्टरको सल्लाहअनुसार मात्रै फर्सीको बियाँ खानुपर्छ । धेरै मानिसलाई यस्ता बीउहरूसँग एलर्जी हुन सक्छ । के तपाईँलाई थाहा छ रु यसले हलुकादेखि गम्भीरसम्मका विभिन्न लक्षणहरू निम्त्याउन सक्छन्, जसमा एनाफिलेक्सिस पनि समावेश छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०९:४१

लोकप्रिय