कपालको हेरचाहमा अक्सर तेल प्रयोग गर्न सल्लाह दिइन्छ । तेलले कपाललाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि पोषण दिने काम गर्छ । कपालको विभिन्न समस्याहरू हटाउन विभिन्न तेलहरू प्रयोग गर्न सकिन्छ ।
मनतातो तेलले टाउको मालिस गर्नाले रक्तसञ्चार बढ्छ र कपाल लामो हुन्छ । यसबाहेक, तेलले टाउको मालिस गर्नाले तनाव कम हुन्छ र राम्रो निद्रा लाग्न मद्दत गर्छ । आउनुहोस् जानौँ, कपाल लामो र बाक्लो बनाउन मद्दत गर्ने तेलहरू के के हुन् ?
नरिवलको तेल – नरिवलको तेल कपालको लागि राम्रो हुन्छ । यो तेलले तपाईं कपालको फोलिकल्समा मालिस गर्न सक्नुहुन्छ । यसको एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुणले संक्रमण रोक्न र कपाल बलियो बनाउन मद्दत गर्छ । त्यसैले, नरिवलको तेललाई हल्का तताएर कपालमा लगाउनाले राम्रो परिणाम मिल्छ । यो तेल कपालमा लगाउनुहोस् र केही समय पछि धुनुहोस् ।
जैतुनको तेल – कपाललाई नरम र चम्किलो बनाउन जैतुनको तेल राम्रो हुन्छ । यो तेलले टाउकोको छालाको ओसिलोपन कायम राख्छ र सुख्खापनबाट राहत दिन्छ । यसमा एन्टिअक्सिडेन्ट हुन्छ र कपाललाई पोषण दिन्छ । यसले टाउको चिलाउने समस्या पनि कम गर्छ । कपालमा तेल लगाएर आधा घण्टासम्म राख्नुहोस् र त्यसपछि धुनुहोस् ।
बदामको तेल – बदामको तेलमा भिटामिन ई, म्याग्नेसियम र फस्फोरस जस्ता पोषक तत्वहरू हुन्छन् । यी तत्वहरूले कपालको जरा बलियो बनाउँछन् । यसले डन्डीफोरको समस्याबाट पनि छुटकारा दिन्छ । कम समयमा कपाल लामो बनाउन उमालेको बदामको तेलले मालिस गर्नुहोस् । कपाललाई बलियो र सुन्दर राख्न बदामको तेल लगाउन सक्नुहुन्छ । तेललाई आफ्नो टाउकोको छालामा लगभग २० मिनेट लगाएर कपाल धुनुहोस् ।
क्यास्टर तेल – क्यास्टर तेलमा रिसिनोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ र यसले कपाललाई लामो र बलियो बनाउन मद्दत गर्छ । यो तेलले टाउकोको छालालाई हाइड्रेट गर्छ र कपाल झर्नबाट रोक्छ । यस्तो अवस्थामा कपालको जरा बलियो बनाउन क्यास्टरको तेल उमालेर मालिस गर्नुहोस् । यो तेललाई आफ्नो टाउकोको छालामा लगभग २० मिनेटसम्म लगाउनुहोस् र त्यसपछि धुनुहोस् । यसले तपाईंको कपाललाई बलियो, लामो र सुन्दर बनाउनेछ । तपाईंले यो तेल हप्तामा जति खेरनि प्रयोग गर्न सक्नुहुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं