सूचनाको शक्ति - The Power Of Information

        

के हो सेक्ससोम्निया ? जसमा बिरामीले निद्रामा यौन सम्बन्ध राख्छ

सन् २०१७, लण्डनको दक्षिण पश्चिम क्षेत्र । २४ वर्षीय जेड म्याक्रोसेन केही साथीहरूसँग पार्टी गर्न फ्ल्याटमा आइपुग्छिन् । फ्ल्याटको मुख्य हलमा पार्टी सुरु हुन्छ । जेडले ड्रिङ्क्स गरिन् र नाच–गान चलिरहेका बेला उनलाई निद्रा लाग्छ । त्यसपछि उनी हलको सोफामा नै सुत्छिन् ।

भोलिपल्ट साँझ पाँच बजे ब्युँझदा उनको जिन्स सोफाको मुनी थियो । नेकलेस फुटेर भुइँमा छरिएका थिए । जेड स्तब्ध भइन् । उनले आफूलाई नियन्त्रणमा राखेर हलको वरिपरि हेरिन् । उनीभन्दा केही पर एउटा केटा सुतिरहेका थिए । उनको शरीरमा पनि कपडा थिएन ।

जेडले केटालाई उठाउँछिन् र खासमा के भएको हो भनेर सोध्छिन् । केटाले ‘मलाई लाग्यो तिमी जागा थियौ’ भनेर घरबाट निस्कन्छन् । जेडले त्यतिबेलासम्म बुझिसकेकी थिइन् कि उनी बलात्कृत भएकी छिन् । रुँदै उनले फोनमा साथीहरुलाई सबै घटना सुनाइन् ।

उनका साथी प्रहरीसहित घटनास्थल पुगे । अनुसन्धानपछि युवतीविरुद्ध जबरजस्ती करणी गरिएको भन्दै मुद्दा दर्ता भयो । मुद्दाको सुनुवाइ सन् २०२० मा सुरु हुँदै थियो, तर त्यसको तीन दिनअघि नै प्रहरीले मुद्दाको टुङ्गो लगाएको थियो ।

मेडिकल विज्ञहरुले जेड सेक्ससोम्निया अर्थात् स्लिपिङ सेक्स डिसअर्डरद्वारा पीडित रहेको निष्कर्ष निकालेको प्रहरीले जनायो । त्यसैले क्राउन प्रोजिक्युसन सर्भिस (सीपीएस)ले यो बलात्कार नभई सहमतिको सम्बन्ध हुन सक्ने निष्कर्ष निकाल्यो ।

अब सीपीएसले यसका लागि जेडसँग माफी मागेको छ । जसका कारण यो विषय फेरि चर्चामा आएको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करले कोही व्यक्तिले निद्रामा पनि यौन सम्बन्ध स्थापित गर्न सक्छ भनेर विस्तृत जानकारी दिएको छ । यसलाई रातोपाटीले अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छ ।

सेक्ससोम्निया : निद्रामा यौन सम्पर्क गर्ने रोग

तपाईंले निद्रामा मानिसहरू हिँड्ने वा कुरा गरेको सुन्नु भएको होला । यसलाई सामान्यतया निद्रामा हिँड्ने वा बोल्ने रोग भनिन्छ । विज्ञानको भाषामा यसलाई प्यारासोम्निया भनिन्छ, जुन स्लिपिङ डिसअर्डर हो ।

यस्तै एउटा रोग सेक्ससोम्निया हो, जसलाई स्लिप सेक्स पनि भनिन्छ । सेक्ससोम्नियाको अवस्थामा, व्यक्ति निद्रामा नै यौनजन्य क्रियाकलापमा सक्रिय हुन्छ । उसले निद्रामा समेत हस्तमैथुन गर्न सक्छ । निद्रामा आफूसँगै सुतेको व्यक्तिसँग पनि यौनसम्बन्ध राख्न सक्छ ।

यतिबेला व्यक्तिको आँखा खुलेका हुन्छन् । मान्छे ब्यूँझिएको जस्तो देखिन्छ । तर, ब्युँझिएपछि उसलाई केही याद हुँदैन । अब तपाईंको मनमा पनि प्रश्न उठ्ला कि यो कसरी सम्भव छ?यो बुझ्नको लागि, निद्राको विभिन्न चरणहरू जान्न आवश्यक छ ।

१. बेडमा गएको केही समयपछि नै तपाईं यो चरणमा पुग्न सक्नुहुन्छ । यसमा व्यक्ति यति हल्का निद्रामा हुन्छ कि अरुको कुरा सुन्न सक्छ र आसपासको हलचल महसुस गर्न सक्छ ।

२. सुतिरहेका बेला कुनै पनि व्यक्तिले निद्राको आधा हिस्सा यहि अवस्थामा बिताउँछन् । यो चरणमा तपाईंलाई निकै सजिलै उठाउन सकिन्छ । अलि चर्को आवाजले बोलाउँदा मात्रै पनि तपाईंको निद्रा खुल्ने गर्छ ।

३. जब व्यक्ति गहिरो निद्रामा जान्छन् तब त्यसलाई विज्ञानको भाषामा एनथ्री भन्ने गरिन्छ । यतिबेला व्यक्तिलाई आफ्नो आसपास के भइरहेको छ, त्यसबारे अत्तोपत्तो हुँदैन । यो चरणमा व्यक्तिलाई जबर्जस्ती उठाउँदा ती व्यक्ति केही बेरसम्म भ्रमको स्थितिमा रहन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०९:३१

लोकप्रिय