चर्को गर्मीबीच आज (बिहीबार) बिहान विराटनगरमा हुस्सु लागेको छ । पुस र माघ महिनाको शीतलहरको झल्को दिनेगरी लागेको हुस्सुका कारण बिहान केही चिसो महसुस गरिएको थियो । सामान्यतः चैत–वैशाखमा विराटनगरमा गर्मी हुन्छ ।
तातो हावा चल्छ । तर, आज बिहानै हुस्सु लागेको छ । मौसमविद्का अनुसार आज बिहान विराटनगरमा दुई मिटर भिजिबिलिटी रहेको थियो । ‘अहिलेको समयमा यो भिजिविलिटी भनेको निकै कम हो,’ मौसमविद् रोजन लामिछानेले भने ।
आज बिहान झापाको चन्द्रगढीमा पाँच किलोमिटर भिजिबिलिटी रहेको थियो । ‘नजिकै रहेको चन्द्रगढीमा भिजिबिलिटी सामान्य रहेको छ । त्यसैले विराटनगरमा हुस्सु लाग्नुको कारण स्थानीय वायु सक्रिय भएर हो,’ मौसमविद् लामिछानेले भने, ‘केही समयपछि हुस्सु हट्ने देखिन्छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । विराटनगर