सूचनाको शक्ति - The Power Of Information

        

डाक्टरले पनि घोषणा गरे सडक आन्दोलन

नेपाल चिकित्सक संघले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ । देशभरका आवासीय चिकित्सकलाई संघले काठमाडौं आउन भनेको छ । बुधबार संघका अध्यक्ष अनिल बिक्रम कार्कीले विज्ञप्ति जारी गर्दै देशभरका आवसीय चिकित्सकहरूलाई काठमाडौं केन्द्रित आन्दोलनमा आउन आग्रह गरेका हुन् । भोलि बिहीबार जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न उनले उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकलाई माइतीघरमा उपस्थित हुन आग्रह गरेका छन् ।

‘देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बिहीबार बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, २४ घण्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सबै सेवा रोक्ने संघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०६:५३

लोकप्रिय