देशका अधिकांश स्थानमा केही दिनदेखि तापक्रम बढेको छ । तापक्रम बढेपछि सरकारले आज र भोलि सचेत हुन आग्रह गरेको छ । लुम्बिनी प्रदेशका तराईका भूभागमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेडभन्दा माथि मापन गरिएको छ ।
मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका स्थानमा ३८ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना देखिएको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो हावाको लहर चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । ‘आज पनि लुम्बिनीसहित तराईका केही स्थानमा हिजोको भन्दा केही बढी तापक्रम हुने पूर्वानुमान रहेको छ,’ मौसमविद् रोजन लामिछानेले भने ।
आज अधिक गर्मी हुने ठाउँमा ३९ देखि ४१ डिग्री सेन्टिग्रेडसम्म तापक्रम पुग्ने पूर्वानुमान छ । आज धेरै स्थानमा तापक्रम ४० डिग्री सेन्टिग्रेड पुग्ने पूर्वानुमान रहेको उनले बताए । हिजो सबैभन्दा धेरै तापक्रम भैरहवामा ४०.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । आज शो भन्दा बढी हुने सम्भावना छ ।
‘हिजो ३९ डिग्री सेन्टिग्रेडभन्दा माथि त धेरै ठाउँमा थियो । धनगढीमा ३९.९ डिग्री सेन्टिग्रेड थियो । सिमराको तापक्रम पनि उच्च थियो,’ मौसमविद् लामिछानेले भने, ‘कम्तीमा अझै तीन तापक्रम घट्ने मौसमी प्रणाली छैन । कम्तीमा तीन दिन नयाँ मौसमी प्रणाली विकास भएर तापक्रम घट्ने सम्भावना छैन ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं