सूचनाको शक्ति - The Power Of Information

        

आज यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले, गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार ०६:२४

लोकप्रिय