भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आक्रमणमा मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल ल्याउने प्रक्रिया सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको शव दिल्ली–लखनऊ हुँदै आजै मध्यरातसम्ममा बुटवल ल्याइने भएको हो ।
बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंककारीले गरेको आक्रमणमा मृत्यु भएको थियो । दूतावासका अनुसार मृतक र उनीसँगै रहेका चार जनालाई साँझ ५ बजेको उडानमा श्रीनगरबाट विमानमार्फत नयाँदिल्ली ल्याइँदैछ ।
दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार दिल्लीबाट राति साढे ९ बजेको उडानमार्फत उनीहरूलाई लखनऊस्थित विमानस्थल पुर्याइनेछ । उनका अनुसार उक्त विमान राति १०ः४० मा लखनऊ विमानस्थलमा अवतरण हुनेछ । त्यहाँबाट भारतीय सुरक्षा निकायले नेपालस्थित सीमासम्म ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने योजना तय भएको छ ।
त्यसपछि शव परिवारजनको जिम्मा लगाइनेछ । आतंकवादी आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ । मारिनेमध्ये संयुक्त अरब इमिरेट्सका एक नागरिकसँगै भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक छन् ।
जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं