खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु आठ लाख बजेटमा यहाँ क्रिकेट खेलमैदान निर्माणको काम सुरु गरिएको हो ।
जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले यहाँ आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम सुरु गरिएको जानकारी दिए । निर्माणाधीन खेलमैदानको लम्बाइ ८७ मिटर र चौडाइ ५७ मिटरको हुनेछ ।
खेलमैदानका लागि स्थानीय मझुवा सेवा समाजले पाँच रोपनी आठ आना जग्गाको व्यवस्थापन गरेको छ । यस्तै, डाँडाबारीका गोविन्द कटवालले एक रोपनी, खड्गबहादुर कटवालले एक रोपनी र धनमायाँ कटवालले आठ आना जग्गा निःशुल्क प्रदान गरेका सङ्घका अध्यक्ष राईले बताए ।
क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलब्ध गराइएको मझुवा सेवा समाजका सदस्य भूपराज कटवालले बताए । उनका अनुसार जग्गा खरिदका लागि समाजका सदस्यहरूले सहयोग सङ्कलन गरेका थिए ।
वडाध्यक्ष दिनेश घिमिरेले खेलमैदानका लागि आवश्यक थप छ रोपनी जग्गा जुटाउन वडा नं ५ कार्यालयले पहल गर्ने बताए । निर्माणाधीन क्रिकेट मैदानसम्म पुग्ने करिब ८५ मिटर सडक निर्माणका लागि स्थानीय ताराकुमार कटवालले पनि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको सङ्घका अध्यक्ष राईले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । खोटाङ