राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो । यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिएका छन् ।
‘शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,’ उनले भनेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।
बोर्डका अध्यक्ष शर्माका अनुसार, परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । ‘वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौँ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं