सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षा नसर्ने, तोकिएकै मितिमा गर्ने निर्णय

कक्षा १२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।

‘परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । महासंघले कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १०:५२

लोकप्रिय