२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

गोताखोरले निकाल्यो दानव नदीमा बेपत्ता दुई बालकको शव

सत्यपाटी
सत्यपाटी । रुपन्देही । २०८२ वैशाख ९ गते मंगलबार

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीबाट प्रहरीले दुई बालकको शव निकालेको छ । पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएकामध्ये दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

१३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजनको शव फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार