सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि यरिचोक तनावग्रस्त बनेको छ । मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार सामान्य आन्दोलन गरेका मृतक परिवारले सोमबार यरिचोकमा सडक बन्द नै गरेर प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति : २०८२ वैशाख ८ गते सोमबार