सूचनाको शक्ति - The Power Of Information

        

सांसद एवम् राप्रपा महामन्त्री राणा हाजिर जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको दंगामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि राणालाई श्रीमतीको जिम्मा लगाइएको हो । प्रहरीले क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै नेता राणालाई श्रीमतीको जिम्मा लगाएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तीनकुनेको घटनापछि पक्राउ परेका राप्रपा महामन्त्रीको स्वास्थ्य संवेदनशीलतालाई बुझेर रिहा गर्नु स्वागतयोग्य भएको बताए । उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेतालाई थुनामा राख्नु अन्नायपूर्ण र नाजायज भएको बताएका छन् ।

उनले आस्थाका आधारमा बन्दी बनाइएका सबैलाई शिना शर्त रिहा गर्न मागसमेत गरेका छन् । चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ०६:२२

लोकप्रिय