[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन सांसदलाई प्रहरीले गिरफ्तार गरेको छ । लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले सिंहदरबारभित्रै नाराबाजी गरेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।
निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै उनीहरु अघि बढेका थिए । तर सिंहदरबारभित्रैबाट नाराबाजी गरेर उनीहरु नै गिरफ्तारी दिने तयारीमा देखिएको प्रहरी दाबी छ । गिरफ्तारीमा परेकाहरुलाई जिल्ला प्रहरी परिसरमा पुर्याइएको छ । जहाँ यसअघि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराहरु रहेका छन् ।
त्यसअघि उनीहरु राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । उनीहरुले सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै अघि बढेका थिए । प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ । तर राप्रपाका कार्यकर्ताहरु भने बानेश्वर क्षेत्रमा प्रदर्शनमा रहेका छन् । उनीहरुलाई अहिले सांसद दिपक सिंहले सम्बोधन गर्दैछन् ।
लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालय अगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए । प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ । यसअघि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूसहितलाई सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा नै प्रहरीले बन्दी बनाएको बताएका थिए । तर, केहीबेरमा राप्रपा सांसदहरूले सिंहदरवारमै प्रदर्शन गरे ।
प्रदर्शनका क्रममा प्लेकार्ड खोसेर उनीहरूलाई प्रहरीले छोडिदिएको छ । उनीहरू मिडियासँग कुरा गर्दै दक्षिण गेटबाट बाहिरिएका छन् । बाहिरिएपछि उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारबाजी गरेका थिए । नाराबाजी गरेपछि सिंहदरबार बाहिर उनीहरू पक्राउ परेका हुन् । गिरफ्तारीकै क्रममा शाहीले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट रहेको आरोप लगाउँदै दिनगन्ति सुरु भएको बताए ।
[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं