[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ । चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित रेस्क्यु टोली तत्काल घटनास्थलमा पुगी रेस्क्यु गर्छन् ।
‘हामीसँग अनुभवी रेस्क्यु टिम छन्, जसले उपत्यकाभित्र मात्र होइन, नेपालभरि पुगेर जनावरलाई उद्धार गर्ने गर्छन्,’ शाहले बताए । केही दिनअघि मात्र रामेछापमा दुई पटक चितुवा रेस्क्यु गरिएको पनि उनले जानकारी दिए । सूचना प्राप्त भएको केही समयमै चिडियाखाना र सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको थियो ।
शाहका अनुसार, चिडियाखानाको केन्द्रीय टोली काठमाडौँ उपत्यकामा सक्रिय रहन्छ भने चितवन, बर्दिया, शुक्लाफाँटा र कोशी क्षेत्रमा पनि रेस्क्यु शाखाहरू सञ्चालनमा छन् । चिडियाखानाले जनावरमाथि दुर्व्यवहार, आक्रमण वा बेवास्ता नगरी तुरुन्तै सम्बन्धित निकाय वा चिडियाखानामा जानकारी गराउन आमसर्वसाधारणसँग प्रमुखले अनुरोध गरे । यसले वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । ललितपुर