२०८२ मंसिर १९ , शुक्रबार 5, December 2025, Friday

हेटौडामा गाडी दुर्घटना, दुई जनाको मृत्यु, १४ जना घाइते

सत्यपाटी
सत्यपाटी । मकवानपुर । २०८२ वैशाख ५ गते शुक्रबार

मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका–५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका–७ कि १३ वर्षीया मानुसी मगर छिन् । मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २०० मिटर तल खसेको थियो । दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन् ।

घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित १६ जना सवार थिए । चालक सर्लाहीको बागमती गाउँपालिका–५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ । उनको पनि हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ५ गते शुक्रबार