२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

आज सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८२ वैशाख ५ गते शुक्रबार

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ । सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।राति पनि यो क्रमले निरन्तरता पाउने छ ।

यस्तै, सातै प्रदेशमा चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ५ गते शुक्रबार