लागुऔषध खैरो हेरोइन सहित पक्राउ परेका आरोपी भागेका छन् । शनिवार ललितपुरको हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टबाट पक्राउ परेका २६ वर्षीय प्रमोद शर्मा (ठाकुर) ट्याक्सीबाट ओर्लिएर एकाएक फरार भएका हुन् ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई अपार्टमेन्टको सी ब्लकको तेस्रो तलाको ३०२ नम्बर कोठाबाट पक्राउ गरेको थियो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ घर भएका ठाकुर महाराजगन्जतर्फ लैजाँदै गर्दा बाटोबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
उनको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ । सो अपार्टमेन्टबाट मोरङ घर भएर काठमाडौँ बस्ने डेनिसा तामाङ र २१ वर्षीया दिव्य शाही पनि पक्राउ परेका छन् । फरार आरोपी शर्माको खोजी तीव्र पारिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं