वर्षा र हावाहुरी कम हुनासाथ काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । शनिबार विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा ४२ नम्बरसम्म झरिसकेको काठमाडौँ सहर अहिले फेरि सातौँ स्थानमा उक्लिएको हो ।
चैत २७ गते वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं (नेपाल)मा नेपाली समय अनुसार आज बिहान ९ः४५ बजे काठमाडौँ विश्व वायु प्रदूषणको सूचीमा सातौँ नम्बरमा छ भने वायु गुणस्तर सूचकांक (एक्यूआई) १५३ छ ।
काठमाडौंमा हावाहुरीसँगै वर्षा हुने थालेपछि प्रदूषण स्वाट्टै घटेर चैत २८ गते ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा ४२औँ नम्बरमा झरेको थियो । तर शनिबारदेखि फेरि पानी पर्न तथा हावाहुरी चल्न कम भएपछि वायु प्रदूषणको मात्रा बढेको हो ।
प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार
सत्यपाटी