२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानीमा समस्या

सत्यपाटी
सत्यपाटी । हुम्ला । २०८१ चैत ३१ गते आइतबार

हुम्लाको अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते अदानचुली गाउँपालिका लगायत जिल्लाका सबै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अन्य गाउँपालिकामा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरे पनि अदानचुलीमा खटाइएका परराष्ट्र मन्त्रालयमा कामकाज गरिरहेका ताम्रराज काफ्ले गाउँपालिकामा जान नमानेपछि समस्या भएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी, कर्मचारीको पारिश्रमिक, जनप्रतिनिधिको सेवा सुविधा लगायत आवश्यकीय रकम भुक्तानीमा समस्या भएको छ ।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार