आमाको किरिया बसिरहेका एक छोराको निधन भएको छ । झापाको दमक नगरपालिका–८, लक्ष्मी टोल निवासी ६१ वर्षीय रामप्रसाद संग्रौलाको किरियाकालमै निधन भएको हो । गत आइतबार उनकी आमा तिलामाया संग्रौलाको निधन भएको थियो ।
मातृशोकमा डुबेका रामप्रसाद किरिया बसिरहेको अवस्थामा बिहीबार राति एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । हृदयघातका कारण गम्भीर बनेका उनलाई अस्पताल पुर्याएलगत्तै राति करिब पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
पारिवारिक संवेदनशीलताका कारण उनको निधनको खबर तत्काल सार्वजनिक गरिएको थिएन । मृतक रामप्रसाद संग्रौला झापाका समाजसेवी तथा सम्मानित व्यक्ति थिए । उनका भाइ लक्ष्मीप्रसाद संग्रौला राप्रपा पार्टीका केन्द्रीय सदस्य हुन् । उनले दाजुको अन्त्येष्टि आज दिउँसो २ बजे कन्काई मुक्तिघाटमा गरिएको जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । झापा